Section 12
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विश्वविद्यालयले प्रदान गर्ने उपाधिको व्यवस्था गर्ने ।
(ख) विश्वविद्यालय अन्तर्गत अध्ययन, अनुसन्धान र प्रशिक्षण हुने विषयहरूको पाठ्यक्रम निर्धारण गर्ने ।
(ग) परीक्षाको किसिम तोक्ने ।
(घ) विश्वविद्यालयमा अध्ययन, अध्यापन र अनुसन्धान गरिने विषयहरूमा भर्ना हुन चाहिने योग्यता र भर्ना हुने आधार तोक्ने ।
(ङ) प्राज्ञिक विषयमा कार्यकारी परिषद्लाई राय सल्लाह दिने ।
(च) अनुसन्धान सम्बन्धी नीति निर्धारण गर्ने ।
(छ) विश्वविद्यालयको विद्यापरिषद्ले गरेका सिफारिश तथा निर्णयहरू कार्यान्वयनको लागि अनुमोदन गर्ने वा निर्देशन दिने ।
(ज) तोकिएबमोजिम अन्य कामहरू गर्ने ।